![]()
रूकुम । रुकुम पश्चिमको आठविसकोट नगरपालिका पहिलो पटक इन्टरनेटको पहुँचमा जोडिएको छ ।
आठविसकोट नगरपालिकाको पहलमा पहिलो पटक राडीमा इन्टरनेट जोडिएको हो । नगरपालिकामा समेत ईन्टरनेटको पहुँच नभएको भन्दै सेवाग्राहीले गुनासो गर्दै आएका थिए । करिब २० लाख रुपैयाँको लागतमा जाजरकोट हुँदै आठविसकोट रुकुममा ईन्टरनेट जडान गरिएको हो ।
सरकारले ई–गभरमेन्ट सिस्टमबाट कार्यसम्पादनलाई प्राथमिकता दिएकाले ईन्टरनेट जडान गरिएको आठविसकोट नगरपालिकाले जनाएको छ । आउँदो एक महिनाभित्रै आठविसकोट नगरपालिकाका सबै १४ ओटा वडामा ईन्टरनेट जडान गरिसक्ने नगरपालिकाको योजना छ ।


