Breaking News.... EverestOnlineKhabar
June 5, 2026

गठवन्धनबाट सभामुखका उम्मेद्वार महरा,प्रतिपक्ष दल कांग्रेसले उम्मेद्वारी नदिने

Loading

काठमाडौ,फागुन ।
वामगठबन्धनले प्रतिनिधिसभाको सभामुखको लागि माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई अघि सार्ने भएको छ । प्रतिनिधिसभाको सभामुख चयनका लागि आज मनोनयनको समय तय गरिएको छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सभामुख चयनको कार्यतालिकाअनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय तोकिएको छ ।
कार्यतालिकाअनुसार शनिवार दिउँसो १ बजे मतदानको समय तोकिएको छ । नेकपा एमाले र माओवादी केन्द्रका तर्फबाट कृष्णबहादुर महरालाई अघि सार्ने तयारी गरेको भएपनि अन्तिम निर्णय हुन बाँकी छ । तर, प्रतिपक्ष दल नेपाली कांग्रेसले भने उमेदवारी नदिने भएको छ ।
कांग्रेसका एक प्रभावशाली नेताले भनेः‘ हामीले सभामुख सर्वसम्मत चयन होस् भन्ने चाहेका छौं,राष्ट्रपतिमा विद्यादेवी भण्डारीको कामप्रति चित्त नबुझेका कारण हामीले उमेदवारी दिएका हौं । तर सभामुख सर्वसम्मत चयन होस् भन्ने चाहेका छौं ।’
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सभामुखको उम्मेद्वारी बारे आफूहरु छलफलमै रहेको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed