Breaking News.... EverestOnlineKhabar
June 5, 2026

स्कटल्याण्डबिरुद्ध नेपालको फितलो ब्याटिङ, स्कटल्याण्डलाई १५० रनको लक्ष्य प्रस्तुत

Loading

एजेन्सी । बिश्वकप क्रिकेट छनौटमा नेपालले स्कटल्याण्डलाई १५० रनको बिजयी लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निकै खराब सुरुवात गर्यो ।

नेपालका लागि कप्तान पारस खड्काले बाहेक कसैले पनि राम्रो खेलेनन । पारसले ७५ बलमा १० चौकाका साथ ६३ रन बनाए । पारस बाहेक सोमपाल कामी र रोहित कुमार पौडेलले मात्र दोहोरो अंकमा रन बटुल्न सके । सोमपाल १८ रनमा दुर्भाग्यपूर्णरुपमा रुपमा रन आउट भए ।
नेपालले दोस्रो ओभरदेखि नै विकेट गुमाउन थालेको थियो । खराब र्फममा रहेका उपकप्तान ज्ञानेन्द्र मल्ल केवल एक रनमा आउट भए । अर्का ओपनर दिलिप नाथ ४ रनमा आउट भए । दिपेन्द्र सिंह ऐरी १ र शरद भेषावकर शून्य रनमा आउट भए । जिम्बाबेविरुद्धको अघिल्लो म्याचमा अर्द्धसतक बनाएका आरिफ शेख २ रनमै आउट भए ।

रोहित पौडेल १५ रन बनाए भने बसन्त रेग्मी २४ रनमा नटआउट रहे ।

स्कटल्यान्डका लागि प्रारम्भिक फास्ट बलर ह्वीटिङ्घमले ३ विकेट लिए । यसैगरी सरिफले २ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed