Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

काठमाडौं । बिश्वकप क्रिकेट छनौट अन्तर्गत बिहीबारको खेलमा नेपालका कप्तान पारश खडकाले बिरोधी स्कटल्याण्डको डटेर सामना गरे । नेपालका ब्याटसम्यान एकपछि अर्को गर्दै धराशायी भैरहेकाबेला एक्ला कप्तान खडकाले बिपक्षी बलरमाथि धावा बोले ।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय नेपालका लागि निकै महङ्गो पर्यो । नेपालका प्रारम्भिक ब्याटसम्यान उपकप्तान ज्ञानेन्द्र मल्ल र दिलिपनाथ फ्लप भएपछि लडखडाएको नेपाली पारी कसैले सम्हाल्न सकेनन । दिपेन्द्र सिंह ऐरी, शरद भेषवाकर, आरिफ शेख सबै तासको घर झैं ढले ।

अर्को कुनमा एक्लै रहेका पारस टुलुटुलु नेपाली इनिङ ध्वस्त भैरहेको हेरिरहेका थिए । उनले आफूलाई सम्हाल्दै ६३ रन बनाए । पारसले ९ चौका प्रहार गरे ।

यसअघि जिम्बाबेसंगको खेलमा पनि उनले आक्रामक ४० रन बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed