Breaking News.... EverestOnlineKhabar
June 5, 2026

अध्यागमन नाकाबाट धमाधम अपराधी छिर्न थालेपछि गृहमन्त्रीको चासो, एकाएक पुगे बिभाग

Loading

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले बिभिन्न देशका आपराधिक व्यक्ति नेपालको अध्यागमनबाट सजिलै छिर्न थालेपछि गम्भीर चासो देखाएका छन । बिहीबार एकाएक अध्यागमन बिभाग पुगी गृहमन्त्री थापाले बिभिन्न देशका अपराधीहरु अध्यागमन नाकाबाट आउने जाने हुँदा मुलुकको बदनाम हुन थालेकाले कडाइ गर्न निर्देशन दिए ।

गृहमन्त्री भएपछि थापा पहिलो पटक अध्यागमन विभाग पुगेका हुन । उनले अवाञ्छित व्यक्तिको सम्भावित नेपाल प्रवेशमा कडाई गर्न अध्यामगनका कर्मचारीलाई निर्देशन दिए ।

केही दिनअघि अन्तराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले रेड कर्नर नोटिस जारी गरेका दक्षिण कोरियाका नागरिक पोखरामा पक्राउ परेका थिए। अध्यागमन र इन्टरपोलको डाटा जोडिएको भए कोरियाली नागरिक विमानस्थलमै पक्राउ पर्ने थिए।
मन्त्री थापाले अध्यामगनका केही कर्मचारीको मिलेमतोमा अवैध काम गरेको सूचना आएकाले कर्मचारीहरुलाई सतर्क रहन सुझाव दिए । केही दिन भित्रै सुधार देखिने गरी काम गर्न उनको आग्रह थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed