Breaking News.... EverestOnlineKhabar
June 5, 2026

सलमान खानको ‘दबंग–३’ को छायांकन सुरु हुँदै

Loading

मुम्बई,फागुन ।
बलिउड अभिनेता सलमान खानका चर्चित फिल्महरु मध्येको एक‘दंबग’ एक पटक फेरी पर्दामा देखिने भएको छ । दबंग फ्रेन्चाइजीको तेस्रो फिल्म अर्थात‘दबंग–३’ को छायांकन यसै वर्षको मध्यबाट सुरू हुने भएको छ ।
निर्माता अरबाज खानले यसै वर्ष दबंग–३ को छायांकन सुरु गरिने जानकारी दिएका छन् । दबंग र दबंग–२ ले बक्स अफिसमा राम्रो आन्दानी गरेका थिए । फिल्म अभिनेता तथा निर्माता अरबाज खानले आफ्नो आगामी चलचित्र दबंग–३ को छायांकन २०१८ को मध्यबाट सुुरू हुने जानकारी दिए ।
उनले यो चलचित्र निर्माणका लागि प्रशस्त समय, प्रयास र एकाग्रता आवश्यकता रहेको पनि बताएका छन् । दर्शकले अर्को वर्ष सलमान खानलाई पर्दामा चुलबुल पाण्डेका रुपमा देख्ने निश्चितप्रायः छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed