Breaking News.... EverestOnlineKhabar
June 5, 2026

नाइजेरियामा भएको हिंसात्मक घटनामा परी कम्तिमा २४ जनाको मृत्यु

Loading

एजेन्सी,फागुन ।
नाइजेरियाको उत्तर मध्य प्रदेश बेनौ राज्यमा पछिल्लो समयमा भएका हिंसात्मक घटनामा परी कम्तिमा २४ जनाको मृत्यु भएको छ । पशुचौपायासम्बन्धी विवादका कारण गत सोमबारदेखि त्यस क्षेत्रमा हिंसात्मक घटना भएको अधिकारीहरुले जनाएका छन् । हिंसामा परी सबैभन्दा बढी महिला र बालबालिका प्रभावित भएको राज्यका गभर्नर साम ओर्टोमले जानकारी दिएका छन् ।
उनले त्यस घटनालाई अमानवीय घटनाको रूपमा व्याख्या गरेका छन् ।
घटनालाई नियन्त्रणमा लिई दोषी पत्ता लगाउन र दोषीलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिइसकिएको उनले बताए । दुई दिनसम्म भएको हिंसाका घटनामा मृत्यु हुनेमध्ये धेरै जसो विद्यालयका बालबालिका रहेको बताइएको छ ।
नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले हिंसात्मक घटनालाई चाँडै नियन्त्रणमा लिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed