Breaking News.... EverestOnlineKhabar
June 5, 2026

आगामी चैत २२ मा पार्टी एकताको घोषणा गर्ने एमाले–माओवादी केन्द्रको तयारी

Loading

काठमाडौ,फागुन ।
पार्टी एकताको प्रक्रियामा रहेका नेकपा एमाले र माओवादी केन्द्रले आउँदो चैत्र २२ गते पार्टी एकता घोषणा गर्ने तयारी गरेका छन् । गत फागुन ७ गते पार्टी एकताका लागि ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका नेकपा एमाले र माओवादी केन्द्रले नेपाल कम्युनिष्ट पार्टी स्थापनाको अवसर पारेर पार्टी एकताको घोषणा गर्ने तयारी गरेका हुन् । दुई पार्टीबीच एकताको काम तीव्र गतिमा अगाडि बढिरहेको नेताहरुले बताएका छन् ।
एमालेका एकजना स्थायी कमिटी सदस्यका अनुसार कम्युनिष्ट पार्टी स्थापनाको अवसर पारेर पार्टी एकताको घोषणा तयारी भइरहेको छ । सरकार विस्तार, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आदिले पार्टी एकताको प्रक्रियालाई कुनै असर नगर्ने ती नेताको भनाई छ ।
माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले पनि राष्ट्रपति, उपराष्ट्रपति चुनाव र सरकार विस्तारले कार्यदलको कामलाई असर नगर्ने भन्दै आफूहरु छलफलमै रहेको बताए ।
विधान मस्यौदा कार्यदलका सदस्य एवं एमाले नेता वेदुराम भुसालले पनि प्रतिवेदन उपसमितिले पार्टी एकताको लागि काम गरिरहेको बताउँदै २५ गतेभित्र रिपोर्ट प्रस्तुत हुने जानकारी दिए । माधवकुमार नेपाल संयोजक रहेको प्रतिवेदन मस्यौदा कार्यदलमा भीम रावल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ, रघुजी पन्त, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत पम्फा भुसाल र देवेन्द्र पौडेल सदस्य छन् ।
त्यस्तै रामबहादुर थापा संयोजक रहेको विधान मस्यौदा कार्यदलमा इश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, रघुवीर महासेठ गिरिराजमणी पोखरेल, वर्षमान पुन, मातृका यादव र जनार्दन शर्मा सदस्य छन् । प्रतिवेदन लेखन उपसमितिमा भने नारायणकाजी श्रेष्ठ, भीम रावल, देव गुरुङ र प्रदीप ज्ञवाली छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed