Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

काठमाडौ,फागुन ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सीमांकनसहितको संविधान संशोधन प्रक्रिया अगाडि बढेमात्र आफूहरु सरकारमा जाने बताएका छन् । गत वर्ष प्रहरीद्वारा मारिएका पाँच जना शहीदको सम्झानामा सप्तरीको राजविराजस्थित मलेठमा आयोजित प्रथम पुण्यतिथि तथा श्रद्धाञ्जलिसभामा महतोले संविधान संशोधन नै आफुहरुको मुख्य माग रहेको बताए ।
ठूला पार्टीले बनाएको संविधान त्रुटिपूर्ण रहेकाले मधेशी, दलित, पिछडिएका वर्ग, मुस्लिम, महिला लगायतको अधिकार हुने गरी संविधान संशोधन हुन जरुरी रहेको र त्यसमा आफूहरु पूर्णरुपमा लागिरहेको महतोको भनाइ छ ।
उनले सत्ताभन्दा मधेशी, दलित र जनजातिको अधिकारको आवश्यकता रहेको भन्दै त्यसमा हाम्रो पार्टी पछि नहट्ने दाबीसमेत गरे । अब देशमा लडाईं झगडा समाप्त पार्नका लागि वाम गठबन्धनले पनि त्रुटिपूर्ण बनेको संविधानलाई संशोधन गर्नका लागि राजपा नेपालले पनि साथ दिने बताए ।
सोही क्रममा राजपाकै अर्का नेता राजकिशोर यादवले नेपालमा बनेको संविधान तीन पार्टीले बनाएको र त्यो अधुरो र अपूर्ण संविधान रहेको बताउँदै संविधान संशोधन गरे मात्र पूरा संविधान बन्ने विचार राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed