![]()
काठमाडौ,फागुन ।
आज १ सय ८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, विश्वभर विविध कार्यक्रम गरेर मनाइँदै छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले आज र्याली गोष्ठी तथा अन्तक्रिर्या कार्यक्रमको आयोजना गरेका छन् ।
महिला दिवसको अवसरमा सरकाले आज सार्वजनिक बिदासमेत दिएको छ । नेपालमा पनि वर्षौदेखि नारी दिवश मनाइरहेको भएपनि दिवस केव दिवसमा मात्र सिमित भएको देखिन्छ । मुख्यगरी नेपालको ग्रामीण भेग र शहरका निम्न आय भएका महिलाहरुको अवस्था अहिले पनि निकै दयनिय छ । ग्रामीण भेगका महिलाको अधिकार सुनिश्चित हुन सकेको छैन नत उनीहरु महिला अधिकार बारे जानकारी नै छन् । पछिल्लो समय नेपालमा केहि टाठाबाँठा महिला अगुवाहरुले नारी अधिकारलाई आफ्नो कमाउने पेशा बनाईरहेका छन् ।


