Breaking News.... EverestOnlineKhabar
August 13, 2026

चन्द्रमामा फोरजी नेटवर्क पुर्याउने भोडाफोन र नोकियाको महत्वाकांक्षी योजना

Loading

बीबीसी । भोडाफोन र नोकियाले चन्द्रमामा फोरजी नेटवर्क पुर्याउने महत्वाकांक्षी योजनालाई ‘मुन मिसन’ को रूपमा नामाकरण गरी अघि बढाएका छन ।

भोडाफोन जर्मनी र नोकियाको सहकार्यमा चन्द्रमामा फोरजी नेटवर्क सञ्चालन गर्न लागिएको हो। यो नेटवर्क बर्लिनको पार्ट टाइम (पीटी) साइन्टिस्ट नामक कम्पनीको सहयोगमा बनाइने भएको छ।

स्पेनको बार्सिलोनामा आयोजना भएको ‘मोबाइल वल्र्ड कंग्रेस २०१८’ मा भोडाफोन कम्पनीले यो महत्वाकांक्षी योजनाबारे जानकारी गराएको हो। कम्पनीले नोकियासँगको प्राविधिक सहकार्यमा यस्तो महत्वाकांक्षी योजना अघि बढाएको र यसका लागि आवश्यक काम सुरु भइसकेको समेत उल्लेख छ।

सन् १९६९ मा नील आर्मस्ट्रङ र एडविन एल्ड्रिनले पहिलो पटक चन्द्रमामा टेकेका थिए। मानव पाइला राखेको ५० वर्ष पुगेको अवसरमा चन्द्रमामा फोरजी नेटवर्क राख्न रोबोट पठाउन लागिएको उल्लेख छ।

कम्पनीका अनुसार चन्द्रमामा फोजी सेवा पु¥याउनुको मुख्य उद्देश्य रोबोटको सहायताबाट चन्द्रमाको लाइभ भिडियो र फोटो खिच्नु रहेको जनाइएको छ। भोडाफोनले जनाए अनुसार सन् २०१९ मा चन्द्रमामा फोरजी नेटवर्क जोडिनेछ। कम्पनीले निजी खर्चमा यो काम भइरहेको समेत जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed