Breaking News.... EverestOnlineKhabar
August 14, 2026

नेपालबाट हराएका ११औं र १२औं शताब्दीका दुई मूर्ती अमेरिकाबाट फिर्ता हुँदै

Loading

काठमाडौं । नेपालबाट हराएका ११ औं र १२ औं शताब्दीका दुई मूर्तीहरू अमेरिकाबाट चैतको तेस्रो साता फिर्ता हुन लागेको पुरातत्त्व विभागले जनाएको छ।

उमामहेश्वर र बुद्धका मूर्तिहरू अमेरिकाको न्यूयोर्क्स्थित मेट्रोपोलिटन कला संग्रहालयले त्यहाँस्थित नेपाली दूतावासमार्फत नेपाल पठाउन लागेको हो। यी दुवै मूर्तिहरू सन् १९८० को दशकमा नेपालबाट चोरी भएका थिए ।

फिर्ता हुन लागेका मूर्तिमध्ये पाटनको टंगालहिटीमा स्थापति उमामहेश्वर १२औँ देखि १३औँ शताब्दीमा बनेको र काठमाडौँमा स्थापित बुद्धको उभिएको पूर्णकदको मूर्ति ११औँ शताब्दीमा बनेको विभागले जनाएको छ।

पुरातत्त्व विभागका अनुसार नेपालबाट चोरी भएका पुराना मूर्तिहरू पछिल्ला वर्षहरूमा फिर्ता हुने क्रममा बढेको छ । नेपालको पुरातत्त्व विभागमार्फत् ती दुई मू्र्ति नेपालबाटै लगिएका हुन भन्ने पुष्टि भएपछि उक्त संग्रहालयले ती मू्र्ति नेपाली दूतावासमार्फत् नेपाल पठाउन लागेको हो।

ती मूर्तिहरू नेपाल फर्किएपछि छाउनीस्थित राष्ट्रिय संग्रहालयमा प्रदर्शनीमा राखिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed