Breaking News.... EverestOnlineKhabar
September 28, 2026

नेइमार बिना पनि रियल मड्रिडलाई हराउँन सक्ने अल्भेसको दावी

Loading

एजेन्सी,फागुन ।
पेरिस सेन्ट–जर्मेन (पिएसजी) का डिफेन्डर डानी अल्भेसले स्टार स्ट्राइकर नेइमार बिना पनि आफूहरुले रियल मड्रिडको बलियो टिमलाई हराउन सक्ने बताएका छन् । यहि सिजन विश्व कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पिएसजी आएका नेइमार खुट्टामा लागेको चोटका कारण पूरै सिजनका लागि मैदान बाहिर रहेका छन् । उनको शनिबार सफल शल्यक्रिया भएको थियो ।
नेइमार नभए पनि रियल मड्रिडसँगको खेलमा आफूहरु विजयी हुन सक्ने ब्राजिलियन अल्भेसले बताएका हुन् । लिग वान लिडर पिएसजी च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा मंगलबार राति आफ्नै मैदानमा खेल्दैछ ।
गएको फागुन २ गते रियलको मैदानमा भएको पहिलो लेगमा पिएसजी ३–१ ले पराजित भएको थियो । रियलको जितमा स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले दुई गोल गरेका थिए ।
दोस्रो लेगमा तयारीमा रहेका अल्भेसले भनेः‘कि त हामी बसेर रुनु प¥यो, होइन भने जे आवश्यक छ त्यो गर्नु पर्छ र हामी त्यसका लागि सक्षम छौँ ।’
नेइमार लिग वान अन्तर्गत गएको हप्ता मार्सेइलीसँगको खेलमा चोटग्रस्त भएका हुन् । नेइमारको साथले पिएसजी थप बलियो हुने तर उनी बाहिर रहँदा पनि आफूहरु कमजोर भने नरहेको अल्भेसको भनाई छ । उनले भनेः‘नेइमार बिना पनि हामी बलियो नै छौँ, किनकी हामीसँग अरु राम्रा खेलाडी छन् । नेइमारको अनुपस्थिति खड्किने छ । तर त्यसमा रुनुको साटो हामी केही गर्न चाहन्छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed