![]()
मुम्बई,फागुन ।
पोर्न फिल्मपछि बलिउडमा आएकी अभिनेत्री सनी लियोनी जुम्ल्याहा बच्चाकी आमा बनेकी छिन् । गतवर्ष सनीले एक बालिकालाई एडप्ट गरेकी थिइन् । यस पटक उनले एउटा तस्वीर शेयर गरेकी छिन् । जसमा उनका पति र एडप्ट गरेकी बालिकासँगै दुई नाबालक पनि देखिएका छन् ।
सामाजिक सञ्जालमा उक्त तस्वीरका साथ सनीले लेखेकी छिन्ः‘ यो ईश्वरको कृपा हो— २१ जून, २०१७ मै पति र मैले केही समयमै हाम्रा तीन सन्तान हुन्छन् भन्ने अनुमान गरेका थियौं ।’
उनले अगाडि भनेकी छिन्ः‘ हामीले योजना बनाएरै परिवार बढाउने प्रयास ग¥यौं र यति वर्ष पछि अशर सिंह वेबर, नोहा सिंह वेबर र निशा कौर वेबरका साथ यो परिवार पूरा भएको छ ।’
सनीले आफ्ना छोराहरुको जन्म केही दिन अघि मात्रै भए पनि विगत कयौं वर्षदेखि आफुले सन्तानको सपना देख्दै आएको बताएकी छिन् । उलने अशर र नोहा आफुहरूका बायोलोजिकल बच्चा भएको स्पष्ट पार्दै कुनै भ्रममा नरहन आग्रह समेत गरेकी छिन् ।


