Breaking News.... EverestOnlineKhabar
September 28, 2026

इंग्लिस प्रिमियर लिगः मान्चेष्टर युनाइटेड विजयी

Loading

एजेन्सी,फागुन ।
इंग्लिस प्रिमियर लिगमा म्यान्चेष्टर युनाइटेड विजयी भएको छ । क्रिष्टल प्यालेसको मैदानमा भएको खेलमा नेमान्जा माटिकले अन्तिम समयमा गोल गरेपछि युनाइटेडले गुमाइसकेको खेलबाट तीन अंक जोडेको हो । खेलमा युनाइटेडले प्यालेसको दुई गोलको अग्रता उल्टाएको थियो । ११ औं मिनेटमा एन्द्रोज टाउन्सेन्डले गोल गर्दै क्रिष्टल प्यालेसलाई सुरुवात अग्रता दिलाए । पहिलो हाफमा उक्त अग्रता रक्षा गरेको प्यालेसले ४८ औं मिनेटमा दोस्रो गोल ग¥यो । यस पटक प्याट्रिक भ्यान आनहोल्टले गोल गरेका थिए । ५५ औं मिनेटमा क्रिस स्मलिङले गोल गर्दै प्यालेसको अग्रता छोट्याएका थिए । स्मलिङले भ्यालेन्सियाको क्रसमा गोल गरेका थिए ।
७६ औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै खेल बराबरीमा पु¥याए । इन्ज्युरी समयमा नेमान्जा माटिकले गोल गरेपछि प्यालेसका समर्थक स्तब्ध भएका थिए । तालिकामा म्यान्चेष्टर युनाइटेडले २९ खेलबाट ६२ अंक बनाएको छ । प्यालेस भने २७ अंक सहित रेलिगेशन जोनमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed