Breaking News.... EverestOnlineKhabar
June 4, 2026

पाकिस्तानका प्रधानमन्त्री अब्बसी काठमाडौंमा, राष्ट्रपति र प्रधानमन्त्रीसंग भेटवार्ता

Loading

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री सहिद अब्बसी दुई दिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन्।  सोमबार दिउँसो काठमाडौं आइपुगेका अब्बासीलाई अर्थमन्त्री डा. युवराज खतिवडाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्। प्रधानमन्त्री अब्बासी विमानस्थलबाट सिधै होटल ह्यात पुगेका थिए ।

प्रधानमन्त्री अब्बसी होटेलबाट नेपाली सेनाले सैनिकमञ्च टुंडीखेलमा आयोजना गरेको सलामीमा सहभागी भइ ‘गार्ड अफ अनर’ लिने कार्यक्रम छ । सेनाबाट सलामी लिएपछि नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र पाकिस्तानका प्रधानमन्त्री अब्बासीबीच होटल याक एन्ड यतीमा छलफल हुने छ।

मंगलबार राष्ट्रपति बिद्या भण्डारीसंग भेटवार्ता गरी अब्बसी स्वदेश फर्किनेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed