Breaking News.... EverestOnlineKhabar
June 4, 2026

प्रतिनिधिसभाको पहिलो बैठकमै ठाकुरले थर्काएपछि सुवालको बोली बन्द

Loading

काठमाडौं । प्रतिनिधिसभाको बैठक सोमबार अपरान्ह चार बजेका लागि आह्वान गरिएको थियो । सभाका जेष्ठ सदस्य राजपाका नेता महन्थ ठाकुरले बैठकको अध्यक्षता गरे ।

संसद बैठक सुरु भएपछि जेष्ठ सदस्यका रुपमा अध्यक्षता गरेका राष्ट्रिय जनता पार्टी नेपालका सांसद महन्थ ठाकुरले कार्यसञ्चालन नियमावली नबनेसम्मका लागि संसद गतिविधि चलाउने अन्तरिम कार्य्विधि निर्णयार्थ पेस गरे।

सो प्रस्तावमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नियमापत्ति गरे। अन्तरिम कार्य्विधि अध्ययन गर्न पाउनु पर्ने सुवालको माग थियो।

सुवालको कुरा सुनेपछि बैठकको अध्यक्षता गरिरहेका ठाकुरले प्रतिप्रश्न गरे– माननीय सदस्य, नियम नै बनेको छैन, कुन नियमावलीका आधारमा नियमापत्ति?

त्यसपछि सुवालको बोली बन्द भयो । उनी चुपचाप आफनो सिटमा बसे ।

बैठकले ध्वनि मतमार्फत् अन्तरिम कार्य्विधि सर्वसम्मत रुपमा पारित गर्यो। सुवाल आफैंले पनि प्रस्तावको विरोधमा मत दिएनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed