![]()
एजेन्सी । आमिर खानपछि चीनमा बलिउड नायक सलमान खानले पनि चर्चा लिएका छन । २ मार्चबाट चीनमा रिलिज भएको ’बजरंगी भाइजान’ अहिले निकै चर्चामा छ।
भारत तथा अन्य देशमा तीन वर्षअघि नै रिलिज भएको सुपरहिट फिल्म चीनमा भने भर्खरै रिलिज भएको छ। फिल्मले चिनियाँ बजारमा सुरुवातमा राम्रो व्यापार समेत गरेको छ। फिल्मले रिलिज भएको दिन झन्डै १४ दशमलव ६१ करोडको व्यापार र्गयो। चीनमा अन्य ५ फिल्म पनि एकसाथ रिलिज भएका छन्। यस्तो अवस्थामा बलिउड फिल्मले राम्रो व्यापार गर्नुलाई सकारात्मक रुपले हेरिएको छ। यसअघि आमिर खान अभिनित ’दंगल’ र ’सेक्रेट सुपरस्टार’ले चीनमा राम्रो व्यापार गरेका थिए। त्यसैले आमिर चीनका दर्शकमाझ स्टार बनिसकेका छन्।
अब पालो आएको छ, सलमानको। १७ जुलाई २०१५ मा रिलिज भएको ’बजरंगी भाइजान’ त्यतिबेला संसारभर ५ हजार सिनेमा घरमा रिलिज भएको थियो।
अचम्मलाग्दो विषय के छ भने अहिले यस फिल्मले चीनमा मात्रै ८ हजार स्क्रिन्स पाएको छ। कबिर खानको निर्देशनमा बनेको यस फिल्मले भारतमा ३ सय २० दशमलव ३४ करोडको व्यापार गरेको थियो। फिल्ममा सलमानसँगै बालकलाकार हर्षाली मल्होत्रा मुख्य भूमिकामा छिन्। त्यस्तै, नवाजुद्दिन सिद्धिकी र करिना कपूर पनि प्रमुख कलाकार हुन्।


