Breaking News.... EverestOnlineKhabar
September 28, 2026

राष्ट्रपतिबाट शपथ लिएपछि महन्थले दिलाए प्रतिनिधिसभा सांसदलाई शपथ

Loading

काठमाडौं । राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरले प्रतिनिधिसभा सदस्यहरुलाई शपथ दिलाउनु भएको छ । संघीय ससंसद भवन नयाँ बानेश्वरमा अपरान्ह ४ बजे नेता ठाकुरले प्रतिनिधिसभाको ज्येष्ठ सदस्यको हैसियतले शपथ दिलाउनु भएको हो ।

त्यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले ठाकुर र राष्ट्रियसभाकी तारादेवी भट्टलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो ।
राष्ट्रपति कार्यालय शीतल निवासमा ठाकुरले मातृभाषा मैथिली भाषा र भट्टले नेपाली भाषामा शपथ लिनुभएको थियो । गत मंसिर १० र २१ गते प्रतिनिधिसभा र माघ २४ गते राष्ट्रियसभाको निर्वाचन भएको थियो ।

ज्येष्ठ सदस्य ठाकुर प्रदेश नं २ अन्तर्गत महोत्तरी जिल्ला निर्वाचन क्षेत्र नं ३ बाट निर्वा्चित भएका हुन् । उहाँ हाल ७१ र भट्ट ६९ वर्षका भए ।
नेपालको संविधान २०७२ को धारा ९१ को उपधारा ५ अनुसार सभामुख र उपसभामुखको निर्वाचन नभएका अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने प्रावधान छ ।

त्यसैगरी धारा ९२ को उपधारा ५ अनुसार राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन नभइसकेका अवस्थामा उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले राष्ट्रियसभाको बैठकको अध्यक्षता गर्ने प्रावधान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed