![]()
काठमाडौं । प्रहरीको खोजी सूचीमा रहेको सांसद नवराज सिलवाल संसद भवन नयाँबानेश्वर पुगेका छन् ।
नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरुको संयुक्त प्रशिक्षणमा सहभागी हुन सिलवाल संसद भवन पुगेका हुन् । जहाँ भेट्यो त्यहीं पक्राउ गर्ने भन्दै रेड कर्नर नोटिस पनि जारी गरेको नेपाल प्रहरीले सिलवाल संसद भवन पुग्दा समेत पक्राउ गर्न सकेन ।
नेकपा एमालेका सांसदसमेत रहेका सिलवाल एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भए लगत्तै सार्वजनिक हुन थालेका हुन । शेरबहादुर देउवा प्रधानमन्त्रीहुँदा सिलवाल लुकेर बसेका थिए ।
एमाले र माओवादी केन्द्रका सांसदहरुलाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायतले प्रशिक्षण दिएका थिए ।


