Breaking News.... EverestOnlineKhabar
June 4, 2026

सिरियामा युद्धबिराम गर्न राष्ट्रसंघको पुनः आग्रह

Loading

बीबीसी । संयुक्त राष्ट्रसंघले सिरियाको राजधानी दमासकसको नजिकै रहेको घौटामा भइरहेको आक्रमण रोकी युद्धविराम गर्न पुनः आग्रह गरेको छ। आक्रमणबाट सयौँ सर्वसाधारण र बालिबालिका मारिएकोमा चिन्ता व्यक्त गर्दै उसले यस्तो आग्रह गरेको हो।

उक्त क्षेत्रमा चार लाख सर्वसाधारण हिंसात्मक युद्धको चपेटामा परेका छन्। उनीहरूको उद्धारका लागि कुनै पहल शुरु भएको छैन। उनीलाई आवश्यक मानवीय सहायता र्पुयाउन पनि सकिएको छैन। दमासकस र मस्कोको संयुक्त सहभागितामा घौटामा भएको हिंसात्मक हवाई कारबाही स्थगित गरी कम्तीमा ३० दिनका लागि युद्धविराम गर्न राष्ट्रसंघको सुरक्षा परिषद्ले गरेको प्रस्ताव पूर्ण रूपमा लागू हुन सकेको छैन।

सुरक्षा परिषद्मा भएको छलफलपछि तत्काल युद्धविराम गर्न संयुक्त राष्ट्रसंघका महासचिव एन्तोनियो गुतेरेसले केही दिनमात्र अघि आग्रह गरेका थिए। राष्ट्रसंघको यो प्रस्ताबबमोजिम यहाँ युद्धविरामका लागि तयारी भने भएको छैन।

मंगलबारदेखि यहाँका विद्रोहीमाथिको हमला दिनमा ५ घण्टाका लागि मात्र रोकिएको रूसले जनाएको छ। विद्रोही नियन्त्रित उक्त क्षेत्रमा रूसी सहयोगका सरकारी फौजले आक्रमण जारी राखेपछि उनको यस्तो टिप्पणी आएको हो।

सुरक्षा परिषद्ले गत शनिबार सिरियाभर ३० दिने युद्धविराम गर्ने पक्षमा मतदान गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed