Breaking News.... EverestOnlineKhabar
June 4, 2026

आफनो जन्मगाउँ सप्तरीको भारदहमा रमाउँदै गायक उदितनारायण झा

Loading

सप्तरी । नेपाली तथा हिन्दी सिनेमा जगतका चर्चित गायक उदितनारायण झा आफ्नो जन्मगाउँ सप्तरीको भारदहमा रमाइरहेका छन। भारतको मुम्बई बस्दै आएका झा गत मंगलबारदेखि भारदहमा बसिरहेका छन ।

सन् १९५५ मा भारदहमा जन्मेका झा काठमाडौंमा नेपाली संगीत क्षेत्रमा सक्रिय रहेकैबेला मुम्बइ छिरेका थिए । मुम्बईमा उनी हाल सफलताको शिखरमा छन ।

झाले भारतमा पदम श्री र पदम् भुषणलगायतका उच्च सम्मानसमेत पाइसकेका छन्।

काठमाडौंका रत्न राज्य कलेजबाट इन्टरमिडियट पढेका झाले पहिलो विवाह रंजना झासँग गरेका थिए। मुम्बई बस्दै गर्दा उनले दीपा झासँग विवाह गरे। अहिले उनका एक छोरा आदित्यनारायण पनि गायन क्षेत्रमा सक्रिय छन्।

गायक झाले कुनै विशेष काम नभई रिफ्रेसमेन्टका लागि पैतृक गाउँ आएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed