Breaking News.... EverestOnlineKhabar
September 27, 2026

भारतीय राजदूत पुरी होली खेल्न पत्नीसहित प्रधानमन्त्री निवास बालुवाटारमा

Loading

काठमाडौं । नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरीले होली पर्वलाई कुटनीतिका रुपमा प्रयोग गरेका छन । पुरी होलीको बाहनामा बिहीबार आफनी पत्नीसहित प्रधानमन्त्री निवास बालुवाटार पुगे ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधान मन्त्री बनेको दुई साता पुगेको छ र यो बीचमा पुरीले प्रधान मन्त्री ओलीलाई तीन पटक भेट गरिसकेका छन्।

फागु पूर्णिमा (होली)को दिन राजधानी रंगिदै गर्दा राजदूत पुरी बिहीवार प्रधान मन्त्री ओलीसँग होली खेल्न प्रधान मन्त्रीको सरकारी निवास बालुवाटार पुगे। प्रधान मन्त्री निवास बालुवाटारमा राजदूत पुरी पत्नीसहित पुगेका थिए।

काठमाडौंस्थित भारतीय दूतावासले होलीको अवसरमा प्रधान मन्त्री निवास बालुवाटारमा प्रधान मन्त्रीसँगै राजदूत र मिसेस पुरी भन्दै ट्वीटरबाट फोटो सार्वजनिक गरेको छ।

प्रधान मन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले भेटमा होलीको शुभकामना आदान–प्रदान भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed