Breaking News.... EverestOnlineKhabar
June 4, 2026

अलबिदा सुपरस्टार श्रीदेवी ! श्रद्धाञ्जली दिन ओइरियो बलिउड (फोटोफिचर)

Loading

एजेन्सी । भारतीय फिल्म उद्योगकी सुपरस्टार श्रीदेवीको बुधवार दिउँसो अन्त्येष्टि गरिएको छ । गत शनिबार दुबईमा निधन भएकी अभिनेत्री श्रीदेवीको भारतीय सहर मुम्बईमा राजकीय सम्मानकासाथ अन्त्येष्टि गरिएको हो ।

अन्तिम संस्कारअघि शवयात्रा गरिएको थियो । शवयात्रामा सर्वसाधारणदेखि बलिउडकर्मीसम्मको थामी नसक्नुको घुँइचो लागेको थियो । उनको पार्थिक शरीरलाई मुम्बई ल्याएपछि भारतीय सिनेजगतका वरिष्ठ कलाकारहरुलगायत उनका शुभचिन्तकहरु श्रद्धाञ्जलिको लागि शव राखिएको स्थानमा पुगेका थिए।

भारतीय चलचित्रजगत बलिउडका अभिनेता, अभिनेत्रीहरु, निर्देशक तथा निर्माताहरुले उनलाई श्रद्धाञ्जली दिएका थिए । यसक्रममा उनका शव राखिएको स्थानमा सुवाइ घाई, रेखा, विद्याबालन, तब्बु, अजय देवगण, काजोल, जया बच्चन, ऐश्वर्या राय, करण जोहर, सरोज खान त्यहाँ पुगेका थिए।

त्यसैगरी श्रद्धाञ्जलि दिनका लागि आफ्ना श्रीमानको साथमा चर्चित नायिका माधुरी दीक्षित पनि सुरुमै त्यहाँ पुगेकी थिइन्।
त्यस्तै सुष्मिता सेन, जयाप्रदा, फराह खान, महिमा चौधरी, अक्षय खन्ना, पे्रम चोपडा, आफ्नी छोरी इशा देओलका साथमा अभिनेत्री हेमा मालिनीलगायत सयौं कलाकर्मी रुपकी रानी श्रीदेवीप्रति श्रद्धाञ्जलि अर्पण गर्न उनको शव राखिएको मुम्बईको एक स्थानीय क्लबमा पुगेका थिए।

यस्तै संगीतकार तथा गायक अनु मल्लिक, मिक्का सिंह लगायत थुप्रै कलाकार पनि श्रद्धाञ्जली दिन पुगेका थिए ।
दुबईको अस्पतालले पोस्टमार्टम रिपोर्ट दिन ढिला गरेपछि उनको पार्थिक शरीरलाई मङ्गलबार अबेर राति मात्र दुबईबाट मुम्बई ल्याइएको थियो।

मृत्यु स्वभाविक रुपमा भएको होइन भन्दै भारतीय एवम् अन्तर्रा्ष्ट्रिय सञ्चारजगतमा नै आशङ्कासहितका समाचार प्रकाशन प्रशारण भएपछि उनको शव परिवारजनलाई जिम्मा लगाउन नै दुबई अस्पताल र प्रहरीले ढिला गरेको थियो।

दुबई सरकारले श्रीदेवीको मृत्यु दुर्घटनावस ‘वाथ टब’मा डुबेर भएको जानकारी गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed