Breaking News.... EverestOnlineKhabar
June 4, 2026

उत्तर कोरियाले धमाधम सिरियामा अस्त्र निर्माणका सामग्री पठाउँदै

Loading

बीबीसी । उत्तर कोरियाले रासायनिक अस्त्र निर्माणमा प्रयोग हुन सक्ने सामानहरू सिरियालाई पठाइरहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

संयुक्त राष्ट्रसंघका विज्ञहरूले निकालेका नतिजाहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यमले उत्तर कोरियाले अम्ल प्रतिरोधी टायल, भल्स र पाइपहरू पठाएको बताएका हुन्।

न्यूयोर्क टाइम्सका अनुसार राष्ट्रसंघको सार्वजनिक भइनसकेको प्रतिवेदनमा प्योङयाङका क्षेप्यास्त्र विशेषज्ञहरू सिरियाली अस्त्र निर्माण कारखानाहरूमा देखिएको उल्लेख गरिएको छ। सिरियाली फौजले क्लोरिन ग्यास प्रयोग गरिरहेको भन्ने नयाँ रिपोर्ट आएपछि अमेरिकी सञ्चारमाध्यले पछिल्लो खबर सार्वजनिक गरेका हुन्।

सिरियाली सरकारले क्लोरिन ग्यास प्रयोग गरिएको कुरा अस्वीकार गर्दै आएको छ। पारमाणविक कार्यक्रमलाई लिएर उत्तर कोरियाले हाल अन्तर्रा्ष्ट्रिय प्रतिबन्धहरू झेल्दै आएको छ।

उत्तर कोरियाले सिरियाले गैरकानूनी रूपमा उच्च ताप खप्ने, अम्ल प्रतिरोधी टायलहरू, खिया नलाग्ने भल्भ र थर्मो्मिटर लगायतका सामग्री पठाएको बताइएको छ। रासायनिक अस्त्रहरू बनाउने कारखानाहरूको निर्माणका लागि त्यस्ता टायलको प्रयोग गरिन्छ।
एउटा चिनियाँ कम्पनीमार्फत सन् २०१६ को अन्त्य र २०१७ को शुरूतिर पाँच खेप ती सामग्रीहरू सिरिया र्पुयाइएको द वाल स्ट्रीट जर्नलले उल्लेख गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed