![]()
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल गृहमन्त्री भएको दुई दिनमै नेपाल कम्प्यूनिष्ट पार्टीको महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई पक्राउ गर्न पूर्जी जारी गरिएको छ ।
जिल्ला अदालत भोजपुरले बिप्लवलाई पक्राउ गर्न आदेश दिएपछि सोही प्रहरीले आफनो गतिविधि बढाएको छ । बिप्लवलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले विप्लवको घरमा पक्राउ पूर्जी टाँसेको छ ।
विलप्वको घर शिवराज नगरपालिकामा पर्दछ । बिप्लव नेतृत्वको माओवादीले हालै सम्पन्न प्रतिनिधि तथा प्रदेश शभा निर्वाचनमा अवरोधको प्रयास गरेको थियो ।
बादल गृहमन्त्रीमा नियुक्त भए लगत्तै बिप्लवबिरुद्ध पक्राउ पूर्जी जारी हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


