Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफनो सम्पूर्ण ध्यान देश विकासमा केन्द्रीत रहेको बताउनु भएको छ ।

राष्ट्रिय सेवा दलको १३ औँ कवाज दीक्षान्त समारोहमा शुभकामना मन्तव्य दिंदै प्रधानमन्त्री ओलीले मुलुकमा राजनीतिक क्रान्तिको चरण पूरा भएको जनाउँदै अब बिकास र समृद्धिमा अघि बढने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो–‘सबै मिलेर देश विकास गर्नु आजको आवश्यकता हो । देश विकास नै अबको लक्ष्य र उद्देश्य हो । ’

सिनियर डिभिजन कमान्डरहरूसमक्ष प्रधानमन्त्री ओलीले सगरमाथा र गौतम बुद्धको चर्चा गर्दै सदाचार र सुशासन कायम गर्न आफ्नो सरकार प्रतिबद्ध भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed