Breaking News.... EverestOnlineKhabar
August 10, 2026

एक्सनमा लालबाबु : नकुहिने प्लास्टिक उत्पादक कम्पनीमाथि प्रतिबन्धको घोषणा

Loading

भक्तपुर । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले नकुहिने प्लास्टिक उत्पादक कम्पनीमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । उनले प्रदुषणका कारक पुराना गाडी र इँटा भट्टासम्मलाई कारबाही थालिने घोषणा गरेका हुन ।

भक्तपुरमा मंगलबार आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डितले नकुहिने प्लाष्टिक उत्पादन गर्ने कम्पनीहरुलाई प्रतिबन्ध लगाउने घोषणा गर्दै सबैले सरकारले तोकेको मापदण्ड पूरा गर्नुपर्ने बताए ।

मन्त्री पण्डितले मापदण्ड बिपरित आयात गरिएका सामानहरुमा समेत प्रतिबन्ध लगाउने तयारी भइरहेको भन्दै अब आयत हुने सामानको ल्याव परीक्षण गरी तोकिएको मापदण्ड अनुरुप मात्र नेपाल भित्रने बताए ।

पण्डितले वैशाख १ गतेदेखि महानगर र उपमहानगरमा हरियो स्टिकर हुनेले मात्र सवारी सञ्चालन गर्न पाउने बताए । हरियो स्टिकर टाँसेको सवारी साधन समेत प्रदुषणमय भेटिएको भन्दै अब त्यस्ता सवारी साधन परीक्षण गर्ने कर्मचारीको नाम उल्लेख गरेर प्रदुषणयुक्त भेटिएमा सवारी धनी र कर्मचारीलाई समेत कारवाही गरिने उनले बताए ।

त्यस्तै वातावरणको ख्याल नगरी कानुन मिच्दै निश्चित व्यक्तिले फाइदा लिइरहेको इँट्टा भट्टालाई समेत वातावरणमैत्री बनाउन दबाब दिने बताए । वातवरण प्रदुषण गर्न लागिपरेका केही ठूला होटल उद्योगहरुलाई समेत कारवाहीको गरिरहेको र अन्यलाई समेत कारवाही गरिने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed