Breaking News.... EverestOnlineKhabar
June 4, 2026

वर्ल्डकप क्वालिफायरमा नेपालको हेड टु हेड यस्तो छ

Loading

एजेन्सी । मार्च ४ देखि जिम्बावेमा हुने आइसीसी वान डे वर्ल्डकप क्वालिफायरका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली जिम्बावेमा अभ्यास खेल खेलिरहेको छ।

अभ्यास खेलपछि नेपालले क्आलिफायरका खेल खेल्ने छ । क्लालिफायरको समूह बी मा रहेको नेपालले घरेलु टोली जिम्बावे, अफगानिस्तान, स्कटल्याण्ड र हङकङसँग प्रतिस्पर्धा गर्नेछ। टेष्ट मान्यताप्रपात जिम्बावेसँग नेपालले पहिलोपटक एक दिवसीय क्रिकेटमा प्रतिस्पर्धा गर्न लागेको हो र नेपालले मार्च ४ मा पहिलो खेल जिम्बावेसँग नै खेल्दैछ।

यस्तै केही समयअघि मात्रै टेष्ट मान्यता पाएको र आगामी जुनमा भारतसँग पहिलो टेष्ट खेल्न लागेको अफगानिस्तान तथा एक दिवसीय मान्यता प्राप्त हङकङ नेपालको लागि चिरपरिचित प्रतिस्पर्धी हुन्।

नेपालले ४ वर्षयता अफगानिस्तानसँग सिनियर लेभलमा कुनै पनि क्रिकेट खेलेको छैन। सन् २०१४ मा नेपालले अफगानिस्तानसँग एसीसी प्रिमियर ट्रफीमा खलेको थियो। जसमा नेपाल पराजित भएको थियो।

सन् २०१४ मा बंगलादेशमा भएको टी(२० वर्ल्डकपमा भने नेपालले अफगानिस्तानलाई पराजित गरेको थियो।

यता हङकङ र स्कटल्याण्डसँग भने नेपालले वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपमा खेलेको थियो। त्यसअघि सन् २०१४ मा न्यूजिल्याण्डमा भएको वान डे वर्ल्डकप क्वालिफायरमा भने नेपाल हङकङ र स्कटल्याण्ड दुवैसँग पराजित भएको थियो। सन् २०१७ मा बंगलादेशमा भएको एसीसी इमर्जिङ कपमा भने नेपालले हङकङलाई हराएको थियो।

यी चार टोलीसँग नेपालले अब जिम्बावेमा क्वालिफायरको समूह चरणमा प्रतिस्पर्धा गर्नेछ। समूह चरणमा शीर्ष ३ मा रहने टोली सुपर सिक्समा प्रवेश गर्नेछ। सुपर सिक्सको शीर्ष दुई टोली सन् २०१९ मा हुने वर्ल्डकपमा छनोट हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed