![]()
सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका २ मालारानीमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
स्थानीय गैरी बजारबाट सरीया बोकेर बोटेचौरतर्फ आउँदै गरेको भे १ त ६१६८ नम्बको ट्याक्टर दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परि अन्य दुई जना घाईते भएका छन्।
दुर्घटनामा परी मृत्यु हुनेमा गुर्भाकोट–८ का २० वर्षीय फत्तबहादुर विक, २५ बर्षीय शसीराम विक र ३२ बर्षीय नारायण खत्री रहेका छन ।
घाईतेहरुको अवस्था सामान्य रहेको र मेहेलकुना अस्पतालमा उपचार भईरहेको जनाइएको छ ।


