Breaking News.... EverestOnlineKhabar
August 9, 2026

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले लिए बिश्वासको मत, कांग्रेस र राप्रपा भए बिपक्षी

Loading

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन्। प्रदेश सभाको पहिलो अधिवेशनको पाँचौं बैठकबाट उनले विश्वासको मत लिएका हुन ।

बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मतको लागि प्रस्ताव पेश गरेका थिए। प्रस्तावको सर्मथन गर्दै नेकपा एमालेका संसदीय दलका नेता यामलाल कंडेलले फागुन ३ गते प्रदेश प्रमुखलाई दिएको हस्ताक्षरलाई कायमै राख्ने र सरकारको पक्षमा रहने मत दिए ।

संसदमा मुख्यमन्त्री शाहीका पक्षमा नेकपा एमाले र माओवादी केन्द्रका ३२ जना सांसदले पक्षमा मतदान गरेका थिए।
नेपाली कांग्रेसका ५ सांसद तथा राप्रपाका १ सांसदले उनको विपक्षमा मतदान गरेका थिए। बैठकमा कांग्रेसका एकजना सांसद अनुपस्थित थिए।

नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आफूहरु रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed