Breaking News.... EverestOnlineKhabar
August 10, 2026

उत्तर र दक्षिण कोरियाबीच वार्ता, सम्बन्धमा थप सुधार

Loading

बीबीसी । उत्तर र दक्षिण कोरियाका कार्यकारी अधिकारीबीच वार्ता भएको छ । यी दुई देशबीचका कार्यकारिणी तहका अधिकारीबीच वार्ता भएको हो ।

उक्त द्विपक्षीय वार्तामा अधिकारीहरुले उत्तर कोरियामा हालैमात्र भएको शीतकालीन ओलम्पिक खेलकुदकोबारेमा समीक्षा गर्नुकासाथै दुई देशबीच आगामी दिनमा हुने भनिएको द्विपक्षीय उच्चस्तरीय वार्ताको तयारीकाबारेमा कुराकानी गरेको बुझिएको छ ।

सो कुराको जानकारी दक्षिण कोरियाको राष्ट्रिय एकता मन्त्रालयले दिएको छ । सो वार्ताका लागि दक्षिण कोरियाले गत हप्ता नै उत्तरलाई पत्र पठाएको थियो । उत्तर कोरियाले सो पत्रमा केही दिनअघि सहमति जनाएको पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

सो वार्ताका लागि दुई कोरियाका तर्फबाट अन्तर कोरियाली विभागका महानिर्देशकहरुको सहभागिता रहेको छ । वार्तामा दुवैतर्फका तीन–तीनजना सदस्य रहेका थिए ।

यही फेब्रुअरी ९ देखि १८ सम्म दक्षिण कोरियामा सम्पन्न भएको ओलम्पिक खेलकुदमा यी दुई देशका प्रतिनिधिको सहभागिताबाट सम्बन्धमा पछिल्लो समयमा केही सुधार आएको महसुस गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed