Breaking News.... EverestOnlineKhabar
June 4, 2026

सामसुङको एस ९ र एस ९ प्लस स्मार्टफोन सार्वजनिक, वायरलेस प्रविधिबाट ब्याट्री चार्ज हुने

Loading

एजेन्सी । सामसुङले एस ९ र एस ९ प्लस स्मार्टफोन सार्वजनिक गरेको छ । स्मार्ट फोनको विश्वबजारमा अग्रणी स्थान ओगटेको दक्षिण कोरियाली कम्पनी सामसुङले स्पेनको बार्सिलोनामा आयोजित ‘प्रि–मोबाइल वर्ल्ड कंग्रेस २०१८’ मा दुवै स्मार्टफोन सार्वजनिक गरेको हो ।

यी दुवै फोन सामसुङको ग्यालेक्सी एस ८ र ग्यालेक्सी एस ८ प्लसपछि बजारमा आएको हो । एस ९ र एस ९ प्लस स्मार्टफोनको क्यामेरालाई विगतका स्मार्टफोनको तुलनामा निकै सुधार गरिएको बताइएको छ ।

ग्यालेक्सी एस ९ मा स्लीक, रिफाइन्ड इन्फिनिटी डिस्प्ले छ । एस ९ मा ५.८ इन्चको र एस ९ प्लसमा ६.२ इन्चको स्क्रिन छ ।
यी फोनमा वायरलेस प्रविधिबाट ब्याट्री चार्ज हुने व्यवस्था छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed