![]()
एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड नेयमारले च्याम्पियन्स लिग अन्तर्गत रियल मड्रिडविरुद्धको अन्तिम १६ को दोस्रो लेग खेल गुमाउने भएका छन् ।
खुट्टाको चोटका कारण नेयमारले रियल मड्रिडविरुद्धको होम गेम गुमाउने भएका हुन् । फ्रेन्च लिग अन्तर्गत आइतबार मार्सेलीसँगको खेलमा नेयमार घाइते भएका थिए । खेलको दौरान मैदानमा ढलेका नेयमारको दाहिने खुट्टाको एन्कल फ्याक्चर भएको थियो ।
स्ट्रेचरबाट मैदान छाडेका नेयमारको चोट मुक्त हुन् केहि साता लाग्ने भएको कारण रियलसँगको खेलमा उनी मैदान नउत्रने जनाइएको छ ।
पिएसजीले अर्को साता घरेलु मैदानमा रियल मड्रिडसँग खेल्दै छ । पिएसजी र रियलको खेल मार्च ६ मा हुने छ ।


