Breaking News.... EverestOnlineKhabar
June 26, 2026

स्पीनर सन्दीप लामीछाने क्यारेबियन प्रिमियर लिगमा पनि छनोट

Loading

एजेन्सी । आइपिएल अक्सनबाट दिल्ली डेयर डेभिल्समा स्थान बनाउन सफल नेपाली स्टार लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल)को ’ड्राफ्ट’मा पनि छनोट भएका छन ।

घोषणा गरिएको ड्राफ्टमा ३ सय ४८ खेलाडी छन्। जसमा २ सय २७ विदेशी तथा इन्डिजका १ सय २१ जना खेलाडीले ड्राफ्ट स्थान बनाएका छन्। अक्सन १ मार्चमा सिपिएलका लागि फ्रेन्चाइज टिमले खेलाडीको बोली भने मार्च १ मा लगाउनेछन्। अक्सन लन्डनमा हुने सिपिएलले जनाएको छ।

नेपालसहित १८ देशका खेलाडी सिपिएलको ड्राफ्टमा छन्। अधिकांश टेस्ट राष्ट्रसहित क्यानडा, अमेरिका, ओमान, हङकङ, स्कटल्यान्ड, नेपाल, युएई र केन्याका खेलाडीले ड्राफ्टमा स्थान बनाएका छन्। सिपिएल आगामी ८ अगस्टदेखि १६ सेप्टेम्बरसम्म हुनेछ। सिपिएलमा ६ टिम सहभागी हुनेछन्।

ड्राफ्टमा नेपालको तर्फबाट राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछाने रहेका छन । सन्दीपले ड्राफ्टमा नाम राख्नका लागि पहल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.