Breaking News.... EverestOnlineKhabar
September 30, 2026

दीपिकालाई निर्देशक भन्सालीले दिए ५ सय रुपैयाँ पुरस्कार

Loading

एजेन्सी । फिल्म निर्देशक सञ्जयलिला भन्सालीले नायिका दीपिका पादुकोणलाई पाँच सय रुपैयाँ पुरस्कार दिएका छन ।
दीपिका अभिनित फिल्म ‘पद्मावत’ ले राम्रो सफलता पाएपछि खुशी हुँदै निर्देशक भन्सालीले उनलाई ५ सय रुपैयाँ पुरस्कार दिएका हुन ।
भन्सालीले दिएको उक्त पाँच सय रुपैयाँलाई दीपिकाले पनि करोडौं रुपैयाँ भन्दा महत्वपूर्ण उपहार भएको बताएकी छन्।

निर्देशक भन्सालीले दीपिकाको खुलेरै तारिफ समेत गरेका छन्। उनले दीपिकामा भारतका तीन प्रभावशाली अभिनेत्रीको गुण देखिने गरेको बताएका छन्।

उनले भनेका छन, ‘जब म उनलाई जब एक कोणबाट हेर्छु उनलाई वैजयन्तीमाला जस्तै देख्छु, कतिबेला मलाई हेमा मालिनीको याद आउँछ, दीपिकाले जब धैर्य भएर घूमर डान्स गर्छिन त्यो देखेर मलाई वहीदा जी को याद आउँछ। मलाई विश्वास छ यी तीन चर्चित अभिनेत्रीको गुण भएकाले दीपिका क्षमतावान छिन्।’

पद्मावतमा अभिनय गर्नका लागि दीपिकाले ११ करोड पारिश्रमिक लिएकी थिइन्। यो चलचित्रले बक्स अफिसमा पनि नयाँ रेकर्ड बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed