Breaking News.... EverestOnlineKhabar
June 26, 2026

प्रधानमन्त्री ओलीलाई अमेरिकी राष्ट्रपति ट्रम्पको बधाई

Loading

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई ज्ञापन गरेका छन ।

राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री ओलीलाई पठाएको बधाइ सन्देशमा तीनओटै तहका निर्वाचन सम्पन्न भएकामा त्यसको सराहना गर्दै जनादेशबाट समावेशी लोकतान्त्रिक शासनपद्धतिप्रतिको निष्ठा मुखरित भएको बताएका छन् ।

अमेरिका–नेपाल साझेदारीका निम्ति प्रधानमन्त्री ओलीसँग सहकार्य गर्न आफू तत्पर रहेको उल्लेख गर्दै सन्देशमा राष्ट्रपति ट्रम्पले स्थिरता, सुशासन र दिगो आर्थिक विकासका लक्ष्य प्राप्तिमा सघाउन अमेरिका तयार रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.