![]()
कैलाली । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाईनल समीकरण पूरा भएको छ । शुक्रबार भएको खेलमा पूर्वाञ्चल र मध्यमाञ्चल जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेसँगै समिकरण पूरा भएको हो ।
पहिलो खेलमा पूर्वाञ्चलले मध्यपश्चिमाञ्चलमाथि ९८ रनको सानदार जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको हो । दोश्रो खेलमा मध्यमाञ्चल सुदूरपश्चिममाथि १२ रनको जित निकाल्दै समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
शनिबार हुने सेमिफाईनलमा समूह ए को विजेता बनेको मध्यमाञ्चलले समूह वि को उपविजेता पूर्वाञ्चलसँग फाईनलका लागि प्रतिस्पर्धा गर्नेछ । समूह ए को उपविजेता सुदूरपश्चिमलले समूह वी को विजेता विभागीय टोली एपीएफसँग फाईनल प्रवेशका लागि खेल्नेछ ।


