![]()
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका एकपछि अर्को अस्थिर र असन्तुलित अभिव्यक्ति आउन थालेका छन । बाम एकताको सन्दर्भ चलेदेखि नै आफूमाथि बाहिर र भित्रबाट ठूलो दबाब आएको बताइरहेका अध्यक्ष दाहालले त्यो भन्दा पनि सनसनीपूर्ण बयान दिएका छन । उनले राजा बीरेन्द्र र मदन भण्डारी जस्तै हत्याका घटना हुन सक्ने आंकलन गरेका छन ।
राजधानीमा आयोजित एक कार्यक्रममा दुइ पटक मुलुकको प्रधानमन्त्रीसमेत भैसकेका अध्यक्ष दाहालले बामएकता भत्काउन खोज्नेहरुले यस्तो षडयन्त्र गर्न सक्ने बताएका हुन । उनको अभिव्यक्तिलाई सामान्य रुपमा लिन सकिन्न । उनका एकमात्र पुत्र प्रकाश दाहालको निधनका बेला समेत थुप्रै शंका उपशंका गरिएको थियो । अहिले लगातार असन्तुलित अभिव्यक्ति आउन थालेपछि उनी ठूलो दबाब र भयमा रहेको स्पष्ट भएको छ ।
“वाम एकताको घोषणाले पैदा गरेको तरंग अरु सबैभन्दा ठूलो छ । यो आम जनताका लागि सकारात्मक र अर्कोपक्षका लागि नकारात्मक पनि गुणात्मकरुपले ठूलो छ । त्यसैले यी दुई कित्ताका बीचमा कित्ताका बीचमा निकै तीब्र हुनेवाला छ,” प्रचण्डले भने ।
बामएकताबाट उग्रवादी र दक्षिणपन्थी शक्ति आत्तिएकाले निकै सतर्क हुनुपर्ने उनले बताए ।


