Breaking News.... EverestOnlineKhabar
June 26, 2026

टिममा छनोट नभएपछि पाकिस्तानमा एक क्रिकेटरले गरे आत्महत्या

Loading

एजेन्सी । पाकिस्तानका पूर्व क्रिकेटर आमिर हनिफका छोराले आत्महत्या गरेका छन्। यू–१९ क्रिकेट टिममा आफ्नो नाम छनोट नभएपछि मोहम्मद जरयाबले आत्महत्या गरेका हुन्।

उमेर बढी भएको भन्दै युथ–१९ टिममा समावेश गर्न अस्वीकार गरेपछि उनले आत्महत्या गरेको पाकिस्तानी समाचार संस्था जियो न्युजले जनाएको छ।

मोहम्मद जरयाब कलेजमा प्रथम वर्षका छात्र थिए। जरयाबले जनवरीमा लाहोरमा भएको यू–१९ प्रतियोगितामा कराचीबाट प्रतिनिधित्व गरेका थिए। त्यहाँ उनलाई चोट लागेपछि घर पठाइएको थियो। उनले त्यतिबेला आफूलाई एक्लै घर पठाउने निर्णयको विरोध गरेका थिए। यसपछि उनलाई पुनः टिममा समावेश गर्ने आश्वासन दिइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.