![]()
काठमाडौं । स्थानीय वायुको प्रभावका कारण देशका अधिकांश भेगमा बदली र केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उक्त वायुको प्रभावसँगै पश्चिमी वायुको सामान्य असरले बिहीबार खासगरी देशभरका पहाडी भेगमा बदली र एक्दुई स्थानमा हल्का वर्षा गराउने जल तथा मौसम बिभागले जनाएको छ ।
उपत्यकाको उत्तरी भेगमा बढी बदली रहेको र मेघ गर्जनसहित बाक्लो बादल बनेकाले हल्का वर्षा हुनेछ। अहिले मध्यपहाडी भेगमा बढी बदली रहेको छ भने काठमाडौंका कतिपय स्थानमा छिटफुट वर्षा भइरहेको छ।
स्थानीय वायुको सक्रियताले केही दिनयता बिहान मौसम सफा रहे पनि मध्याह्नपछि बदली हुने गरेको छ।


