![]()
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य तथा यू १९ का कप्तान दीपेन्द्र सिंह ऐरीलाई ग्लोबल आइएमई बैंकले एक वर्षको लागि प्रायोजन गरेको छ।
क्रिकेट प्लेअर्स एसोसिएसन नेपाल (सिप्यान) सँगको सहकार्यमा दीपेन्द्र र बैंकबीच बिहीवार सम्झौता भएको हो। सम्झौता पत्रमा बैंकको तर्फबाट सिईओ जनक शर्मा पौडेल र खेलाडी दीपेन्द्र सिंह ऐरीले हस्ताक्षर गरे।
एक वर्षको लागि भएको सम्झौता अनुसार बैंकले नगद र क्रिकेट किट्स गरी ४ लाख रकम दीपेन्द्रलाई प्रदान गर्ने छ ।
बैंकले दीपेन्द्रलाई मासिक २० हजारका दरले एक वर्षमा कूल २ लाख ४० हजार उपलब्ध गराउनेछ भने बाँकी रकम बराबरको क्रिकेट किट्स प्रदान गर्नेछ।


