Breaking News.... EverestOnlineKhabar
August 15, 2026

Loading

बीबीसी । कांग्रेस आईका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि अहिलेसम्मकै ठूलो आरोप लगाएका छन् ।
कांग्रेस अध्यक्ष गान्धीले प्रधानमन्त्री मोदी आफै भ्रष्टाचारी रहेको र उनी भ्रष्टाचारको माध्यम रहेको आरोप लगाएका हुन् ।

मेघालयको शिलोङमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘हामीले लामो समयदेखि भन्दै आएका छौँ कि नरेन्द्र मोदी भ्रष्टाचारको विरोधमा छैनन् । उनी आफै भ्रष्टाचारी छन् । उनी भ्रष्टाचारका माध्यम हुन् ।’

गान्धीले मोदीमाथि जनताको पैसा केही सीमित मानिसलाई बाँडेको आरोप लगाए । उनले भने, ‘पूरै देशको पैसा बैंकमा छ । जनताले जम्मा गरेको २२ हजार करोड रुपैयाँ नीरव मोदीले लगे । एक पछि एक घोटलाका घटना आएका छन् ।’

पछिल्लो समय पञ्जाब नेशनल बैंकमा घोटलाको घटना बाहिर आएको छ । प्रधानमन्त्री मोदीले अहिलेसम्म यस विषयमा बोलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.