![]()
काठमाडौं । नेपाली कांग्रेसबाहेक राष्ट्रिय दलको मान्यता प्राप्त सबै दल सरकारमा सहभागि हुने संकेत देखिएको छ । एमाले र माओवादी केन्द्रले पार्टी एकतासंगै एकलौटी सरकार बनाउने तयारी गरिरहेकाबेला मधेश केन्द्रीत दल संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) ले पनि सरकारमा सहभागी हुने संकेत गरेका छन ।
फोरम र राजपाले प्रधानमन्त्री केपी ओली र एमालेका प्रभावशाली नेताहरुसंग सरकारमा सहभागी हुने बिषयमा दैनिक गोप्य बैठक गरिरहेका छन । एमाले र माओवादी केन्द्रबीच ७ बुँदे सहमति भएकै दिन फोरम अध्यक्ष उपेन्द्र यादव गोप्यरुपमा बैठकमा छिरेका थिए ।
फोरम र राजपा दुवै दलले संविधान संशोधनको मूल मुद्दा सुनिश्चित भए वर्तमान सरकारमा सहभागी हुने आशय व्यक्त गरिसकेका छन । संविधान संशोधन नगरेपनि संशोधनको लिखित प्रतिबद्धता भएमात्रै पनि उनीहरु सरकारका सहभागी हुने स्थितिमा रहेको एमालेका एक नेताले बताए ।
मधेश केन्द्रीत यी दुवै सरकारमा सहभागी भए नेपाली कांग्रेस एक्लिने छ । कांग्रेसले बिभिन्न कालखण्डमा मधेश केन्द्रीत दलहरुसंग सहकार्य गर्दै आएको छ ।


