Breaking News.... EverestOnlineKhabar
August 14, 2026

Loading

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विद्यालय परिसरमा बन्दुकमाथि प्रतिबन्ध लगाउने प्रस्तावमा समर्थन जनाउँदै विद्यालयका शिक्षकलाई हतियारसहित विद्यालयमा प्रवेश गर्न दिईनुपर्नेमा जोड दिएका छन ।

बन्दुक आतंकसम्बन्धी ह्वाइट हाउसमा भएको कार्यक्रममा राष्ट्रपति ट्रम्पले गत साता फ्लोरिडाको एउटा विद्यालयमा बन्दुक आक्रमणको घटनामा बाँच्न सफल भएकाहरुसमक्ष आक्रमण रोक्न शिक्षकहरुलाई हतियार दिइनुपर्ने तर्क राखे । सो कदमले आपतकालिन अवस्थामा शिक्षक आफैले विद्यार्थीको रक्षा गर्न सक्ने ट्रम्पको भनाई थियो ।

राष्ट्रपति ट्रम्पले बन्दुक किन्न आउने व्यक्तिको पृष्ठभूमि जाँच गर्न गरिएको प्रस्तावलाई कार्यान्वयनमा ल्याउने र बन्दुक नियन्त्रण सम्बन्धि कानूनमा कडाई गरिने समेत प्रतिबद्धता जनाएका थिए ।

गत साता फ्लोरिडा राज्यको पार्कल्याण्डस्थित एउटा विद्यालयमा बन्दुक आक्रमणमा १७ जनाको ज्यान गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed