![]()
काठमाडौं । सर्वोच्च अदालतले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट प्रयोग रोक्न अन्तरिम आदेश दिएको छ ।
प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको एकल इजलाशले बिहीबार उक्त आदेश दिएको हो । इम्बोस्ड नम्बर प्लेट तत्काल प्रयोग गर्न नहुने माग गर्दै अधिवक्ता भरत बस्नेतले हालेको रिटमा यस्तो आदेश आएको हो ।
पछिल्लो समय इम्बोइस्ड नम्बरको प्लेटको प्रयोग विवादमा परेको छ । एकतर्फ यो झन्झटीलो छ भने अर्कोतर्फ कमिशनको खेल भैरहेको आरोप लागेको छ । सर्वसाधारणले पनि इम्बोस्डको नाममा भारतीय व्यवस्थाको नक्कल गर्न खोजेको गुनासो गरेका छन ।


