Breaking News.... EverestOnlineKhabar
June 26, 2026

स्पेनिस ला लिगा अन्तर्गत रोनाल्डो बिनाको खेलमा लेगानेसमाथि रियल मेड्रिडको ३–१ को जित

Loading

बीबीसी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लेगानेसलाई उसैको मैदानमा ३ – १ ले पराजित गरेको छ ।

क्रिष्टियानो रोनाल्डोबिना मैदान उत्रिएको रियल मड्रिडले लेगानेसलाई हराएको हो । रियललाई जित दिलाउन लुकास भास्क्वेज, कासिमिरो र कप्तान सर्जियो रामोसले समान एक एक गोल गरे । लेगानेसका उनाइ बुस्टिन्जाले एक गोल गरे ।

यो जितसँगै रियल मड्रिड लिगको तेस्रो स्थानमा उक्लिएको छ । रियलले २४ खेलबाट ४८ अंक जोडेको छ । तर, रियल मड्रिड शिर्ष स्थानको बार्सिलोनासँग अझै १४ अंकले पछि छ । रियल दोस्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा ७ अंकले पछि छ । लिगमा लेगानेस २९ अंक जोडेर १३ औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.