![]()
रौतहट । नेपाल बिद्यार्थी संघले रौतहटको मुसहर बस्तीमा शैक्षिक सामग्री बितरण गरेको छ । ६८ औं प्रजातन्त्र दिवसको अबसर पारेर संघले चन्द्रपुर नगरपालिका ८ स्थित एकीकृत नमुना सन्तपुर बस्तिमा शैक्षिक सामग्री बितरण गरेको हो ।
धुर्मुस सुन्तली फाउन्डेशानद्धारा निर्मित सो बस्तिका ६५ जना मुसहर विद्यार्थीहरुलाइ कापी, कलम, झोला, पेन्सिल र ट्रयाक सुट वितरण गरिएको हो ।
कार्याक्रमका प्रमुख अतिथि नेबिसंघका महामन्त्री सरोज कुमार थापा रहेका थिए भने बिशिष्ट अतिथिहरुमा नेपाली कङ्गेसका जिल्ला सभापति कृष्ण प्रशाद यादब , प्रदेश नम्बर २ का संयोजक तथा केन्द्रीय उपाध्यक्ष संजय कुमार यादब रहेका थिए । अतिथिहरुमा चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरी, गढीमाई नगरपालिकाका प्रमुख श्याम यादब लगायत थिए ।
कार्यक्रममा बोल्दै महामन्त्री थापाले आगामी दिनमा पनि यस्तै उदाहरणीय काम आफनो संगठनले जारी राख्ने बताएका थिए ।


