Breaking News.... EverestOnlineKhabar
May 11, 2026

Loading

बीबीसी । थाइल्याण्डको एउटा अदालतले कोख भाडामा दिने आमाहरूबाट कम्तीमा १६ जना सन्तान जन्माएका एक जना धनी जापानी पुरूषलाई १३ सन्तानको पूर्ण जिम्मेवारी दिने फैसला सुनाएको छ।

ती बालबालिकालाई साढे तीन वर्षयता थाइ सरकारले हेर्दै आएको थियो। थाइ महिलाहरूलाई कोख भाडामा लगाए बापत विदेशीहरूले रकम तिर्ने गरेको र कोख भाडामा लगाउने व्यवसाय व्यापक रूपमा विस्तार भएको खुलासा भएपछि अधिकारीले हस्तक्षेप गरेका थिए।
डिएनए परीक्षणहरूले प्रविधि क्षेत्रका एक जना अर्बपतिका छोरा मित्सुतोकी सिगेताले कोख भाडामा लिएर कम्तीमा १६ सन्तान जन्माएको देखाएको थियो।

तीन वर्षअघि मित्सुतोकी सिगेता एक जना नवजात शिशु सहित थाइल्याण्डबाट बाहिरिन लागेको एउटा धमिलो तस्वीर प्रकाशित भएपछि उनले कोख भाडामा लिएर किन यति धैरै सन्तान जन्माइरहेका छन् भनेर आशंकाहरू व्यक्त गरिएका थिए।
कतिपय शिशुहरू कम्बोडिया लगिसकिएका थिए र थाइ प्रहरीले सम्भावित मानवतस्करीको आरोपमा उनीविरूद्ध अनुसन्धान अघि बढाएको थियो।

तर उनका वकिलले उनले एउटा ठूलो परवार चाहेको र एकजना धनाढ्य जापानी व्यापारीको छोरा भएको हैसियतमा उनले तिनीहरूलाई राम्रोसँग ख्याल राख्न सक्ने तर्क गरेका थिए। अहिले बैंककको एउटा अदालतले उक्त तर्कमा सहमति जनाएको छ।

थाइ अधिकारीहरूले आफूहरू कम्बोडिया र जापान गएको र उनीसँग त्यहाँ हाल थाइल्याण्डको सरकारी निकायले स्याहार गरिरहेका बच्चाहरूलाई हेरविचार गर्ने राम्रो तयारी र पूर्वाधार रहेको पाएको जवाफ दिएका थिए।

ती बच्चाहरू जन्माउने आमाहरूले उनीहरूमाथि दाबी गर्न छाडिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.