Breaking News.... EverestOnlineKhabar
May 10, 2026

अमेरिकामा फ्लोरिडा गोलिकाण्डपछि ‘बन्दुक बहस’, वासिङटनमा र्याली निकाल्ने

Loading

बीबीसी । गत बुधवार अमेरिकाको फ्लोरिडास्थित एक बिद्यालयमा गोलिकाण्ड मच्चिएपछि बन्दुक राख्न पाउने व्यवस्था सम्बन्धी कानूनमा बहस सुरु भएको छ । यो घटनापछि थुप्रैले बन्दुक राख्न पाउने कानूनमा कडाइ गर्नुपर्ने माग गरेका छन ।

गोली प्रहारको घटनामा बाँच्न सफल भएका विद्यार्थीहरूले अमेरिकामा बन्दुक नियन्त्रणका लागि कानून कडा बनाउन दवाब दिने उद्देश्यले वासिङ्टनर्मा यालीको निकाल्ने भएका छन्। गत बुधबार विद्यालयका पूर्व विद्यार्थी निकोलस क्रुजले सामूहिक गोली प्रहार गर्दा ३ कर्मचारी र १४ विद्यार्थी गरी १७ जनाको ज्यान गएको थियो ।

फ्लोरिडाको पार्कल्याण्डस्थित विद्यालयका विद्यार्थीहरूले उक्त गोली प्रहारको घटनालाई अमेरिकामा लामो समयदेखि बन्दुकको स्वामित्वसम्बन्धी भइरहेको बहसलाई एउटा निर्णायक विन्दुमा पुर्याउने योजना गरिरहेका छन्। उनीहरूकै शब्दमा ’आफ्नै जीवन रक्षाका लार्गि याली’ भनिएको उक्र्त याली राष्ट्रव्यापी रूपमा मार्च २४ तारिखका दिन वासिङ्टनमा गर्ने उनीहरूको योजना छ।

राजनीतिज्ञहरू जसले बन्दुक राख्न पाउने पक्षमा वकालत गर्नेहरूलाई बल दिन्छन् उनीहरूलाई लज्जित बनाउने आशय र्यो यालीको रहेको बताइएको छ । हिजो फोर्ट लडरडेलस्थित र्यालीमा बोल्दै गत साताको घटनामा बाँच्न सफल एक छात्राले सामूहिक गोली प्रहारको घटना भएको आफ्नो विद्यालय नै अन्तिम ठाउँ हुने बताइन्।

त्यसयता सामाजिक सञ्जालमा चर्चित बनेको उक्त भाषणमा एम्मा गोन्सालेसले आफू र आफ्ना साथीहरू अमेरिकाको बन्दुकको स्वामित्वसम्बन्धी कानूनमा परिवर्तन ल्याउन प्रतिबद्ध भएको बताइन्।

बुधवार हमला गर्ने १९ वर्षीय निकोलस क्रुजले आक्रमणमा आफूले प्रयोग गरेको अर्ध स्वचालित राइफल कानुनी रूपमै किनेको स्वीकारेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.